९ कार्तिक २०८१, शुक्रबार 1729840960
Banner

एमालेका जनसंगठनको बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौं- नेकपा एमालेले मंसिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्यपहाडी यात्राको तयारीका लागि आज जनसंगठनका पदाधिकारीहरुको बैठक डाकेको छ ।

पार्टी केन्द्री कार्यालय च्यासलमा दिउसो एक बजे आह्वान गरिएको बैठकमा पार्टीका सबै २३ वटै जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आहवन गरिएको छ । जनसंगठन संयन्त्रका इन्चार्ज भानुभक्त ढकालका अनुसार मंसिर ७ गते युवा र विद्यार्थीहरुले विभिन्न पाँचवटा माग राखेर मंसिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दैछन् । उक्त कार्यक्तममा व्यापक जनसहभागिता जुटाउने विषयमा छलफल गर्न आजको बैठक डाकिएको हो । आजको अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम छ ।

युवा संघ नेपाल र अनेरास्ववियुले भ्रष्टाचार र अनियमितताका विरुद्ध,सामाजिक सद्ध्भाव भड्काउने र धार्मिक सहिष्णुता भत्काउने विरुद्ध,राज्यको अकर्मण्यता विरुद्ध,राज्य आतंक् विरुद्ध र सामाजिक अराजकता विरुद्ध आन्दोलन गर्न लागेका हुन् ।
आजको बैठकमा पार्टीले मंसिर १४ गते देखि गर्न लागेको मध्यपहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसंगठनहरुको भूमिकाको विषयमा पनि अध्यक्ष ओलीले निर्देशन दिने कार्यक्रम रहेको छ ।