८ कार्तिक २०८१, बिहिबार 1729829313
Banner

अझै टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको अनुरोध

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो ।

प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ । प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् ।