११ आश्विन २०८३, आइतबार 4:22 am
Banner

रामचन्द्र पौडेल आज गुहेश्वरी र कमलपोखरी जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गुहेश्वरी र कमलपोखरी जाने भएका छन्।

उनी छठपर्वका अवसरमा आज दिउँसो ४ बजे गुहेश्वरी र कमलपोखरी जाने राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

छठको मुख्य दिन आज साँझ अस्ताउँदै सूर्यलाई अर्घ दिइ मनाइन्छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन हुन्छ।