१८ असार २०८३, बिहिबार 1783041431
Banner

आफ्ना माग पूरा नगरे सत्याग्रह बस्ने केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा गोविन्द केसीले मंसिर २८ गतेसम्म आफ्ना माग पूरा नगरे सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।
उनले आफ्ना माग पूरा नगरे २८ गतेसम्म पनि माग पूरा नभए २९ गतेदेखि आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी उनले दिएका छन् ।
यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारेका डा. केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसीमका विषयमा जानकारी गराएका छन् ।

डा. केसीले विगतमा भएका सम्झौता, सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधि तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सन्चालनमा ल्याउने, डडेलधुरा, उदयपुर, ईलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न उनले माग राखेका छन् ।