८ कार्तिक २०८१, बिहिबार 1729829787
Banner

प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३ हुने

काठमाडौं । गण्डकी, ३ मङ्सिर स् गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा ‘प्रथम ढोरपाटन हाइअल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ ।

बागलुङस्थित नेपालकै एकमात्र सिकार आरक्षमा यही मङ्सिर ८ गतेदेखि ९ गतेसम्म सेमिनार हुन लागेको हो ।

खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको अभिवृद्धि, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै सिकार आरक्षको पर्यटन प्रवद्र्धन एवं तेक्वान्दो आइटिएफÞ खेलको महत्त्व जनमानसमा पु¥याउने लक्ष्यका साथ सेमिनार आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो सङ्घका अध्यक्ष घमबहादुर थापाले जानकारी दिए ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको समन्वय एवं ढोरपाटन नगरपालिकाको सहयोगमा गर्न लागिएको सेमिनारमा विभिन्न जिल्ला र प्रदेशबाट करिब चार सय खेलाडीको सहभागिता हुने उनले बताए ।

सेमिनारलाई भव्यताका साथ सम्पन्न गर्न मूल आयोजक समितिका संयोजक थापाको संयोजकत्वमा विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ ।