८ कार्तिक २०८१, बिहिबार 1729808402
Banner

कार्यसम्पादन प्रभावकारी बनाउन संयोजकत्वमा अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउन पूर्वमुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

समितिमा पूर्वसहित शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खङ्ग केसी छन् । यसैगरी पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम पनि अध्ययन समितिमा छन् ।

आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरु सबैले स्वयंसेवकको रुपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताए ।

मन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुझाव दिने छ। त्यसमा परिणाम देखिने गरी कानुनी, नीतिगत, संरचनागत, कार्यशैलीगत र प्रवृत्तिगत सुधार गर्नुपर्ने भए त्यसमा समितिले सुझाव दिने मन्त्री श्रेष्ठको भनाइ छ ।