८ कार्तिक २०८१, बिहिबार 1729800166
Banner

बीबीसीको विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी रुक्शाना कपाली

काठमडौं । बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी रुक्शाना कपाली पनि पर्न सफल भएकी छन् ।

बिबिसीले सार्वजनिक गरेको सो सूचीमा नेपालकी ‘पारलिंगी महिला’ ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पर्न सफल भएकी हुन् ।

ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यूं समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले उनलाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ । हाल उनी पूर्वाञ्चल विश्वविद्यालयमा कानुन विषय अध्ययनरत छिन् ।