१८ असार २०८३, बिहिबार 1783026708
Banner

श्रीमती र छोराको हत्या गरी श्रीमानले गरे आत्महत्या

काठमाडौ । धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेका छन्।

३५ वर्षीय टिकाराम गुरुङले बुधबार राति श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। टिकारामले श्रीमती र छोराको हत्या गरी झुण्डिएको प्रहरीले जनाएको छ।

उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले जानकारी दिएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए। उनका अनुसार गुरुङ काम्ने समस्याको उपचार गराइरहेका थिए।

गुरुङले बुधबार राति पौने १ बजे तिर छोरी ६ वर्षिया आसिकीलाई छिमेकीको जिम्मा लगाएको प्रहरीले जनाएको छ। यसअघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।