१९ असार २०८३, शुक्रबार 1783081332
Banner

यी हुन रुसी सेनामा कार्यरत ज्यान गुमाउने नेपालीहरु (नामावालीसहित )

काठमाडौँ- परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको नाम सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृतकको नाम सार्वजनिक गरेको हो । 

नेपाल सरकारले मृतकहरूको शव नेपाल पठाउन रुसी सरकारसँग अनुरोध गरेको पनि विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयको विज्ञप्ति अनुसार रसियामा मृत्यु हुने नेपालीमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका  गंगाराज मोक्तान रहेका छन्  । नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत सरकारले रुसलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘यस सम्बन्धमा नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ,’ परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक श्री विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’