काठमाडौँ–नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुले लैनचौरस्थित एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले आज बिहान प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोक्नुभएको छ । एनसेलको ८० प्रतिशत शेयर सस्तो मूल्यमा बिक्री भएको थियो । झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो । आज नै एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ पनि हुँदैछ ।