३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 7:27 pm
Banner

अवैध सुनसहित सञ्चालक पक्राउ

सूचना प्रेस २०८० मंसिर २० बुधबार ००:००, ११:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंको न्यूरोडस्थित ओमपर्ल गोल्ड प्रालिबाट सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीले ७ केजी ८ ग्राम सुनसहित ओमपर्ल गोल्ड प्रालिका सञ्चालक पदम पाण्डेलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति ओमपर्ल गोल्ड प्रालि छापा हानेको हो। ​​​​​​​प्रहरी स्रोतका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसारअवैध काँचो सुन र केही गहना बरामद भएका छन्।