९ मंसिर २०८१, आइतबार 1732450613
Banner

देशमा आर्थिक संकट गहिरिर्दै गएको छ : अध्यक्ष ओली

रुकुम पश्चिम, मंसिर २० । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताउनु भएको छ ।

वर्तमान सरकार देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको कारण देशमा आर्थिक संकट गहिरिँदै गएको निश्कर्ष पनि अध्यक्ष ओलीले सुनाउनु भएको छ ।

झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रूकुम पूर्वको जिल्ला सदरमुकाम रूकुमकोटमा आयोजित सभामा बोल्दै ओलीले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

‘यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो, यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ,’ ओलीले भन्नुभयो । नेकपा एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो ।