नुवाकोट। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई कंगला बनाएर केही मानिसले ढिकुटी भर्ने कमिसनको खेल बन्द गर्न चेतावनी दिनुभएको छ ।
मध्यपहाडी यात्राको क्रममा नुवाकोटमा राती १० बजे सम्बोधन गर्दै एनसेल विक्री प्रकरणमा ठूलो कमिसनको चलखेल भएको बताउनुभएको छ । सरकारको मिलेमतोमा सुन तस्करी जारी रहेको अध्यक्ष ओलीको भनाइ छ । यात्रामा रहेका कारण आफूले एनसेल विक्रीका सबै डकुमेन्ट अध्ययन गर्न बाँकी रहेपनि सरकारले हस्तान्तरण गर्न ३ वर्ष बाँकी छँदा खर्बौंमा बिक्री हुने एनसेल केही अर्बमा बिक्री हुन अपराध भएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले पार्टीले सुरु गरेको यस यात्रा लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताउनुभयो । राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उहाँको भनाइ थियो ।