जनकपुरधाम । एक साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजबाट सुरू हुँदै छ ।
त्रेतायुगमा भगवान् राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आयोजना गरिँदै आएको छ ।
आज पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान् राम पहिलो पटक तत्कालीन मिथिलाको राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’कार्यक्रम गरिन्छ । ‘नगर दर्शन’ कार्यक्रम आज साँझ जानकी मन्दिर परिसरमा आयोजना गरिएको छ ।
विवाह पञ्चमीमा भगवान् रामको जन्मभूमि अयोध्याबाट प्रत्येक ५ वर्षमा जन्ती आउने चलन छ ।