९ मंसिर २०८१, आइतबार 1732497744
Banner

हमासको आक्रमणमा मृत्यु भएका नेपालीको परिवारलाई सरकारले दियो १०/१० लाख

काठमाडौं – हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले १०र१० लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ ।

Smoke rises after the Israeli air strike in the Gaza Strip on Monday, Oct. 9, 2023. Israel’s military battled to drive Hamas fighters out of southern towns and seal its borders Monday as it pounded the Gaza Strip. (AP Photo/Fatima Shbair)

अर्थ मन्त्रालयका अनुसार असोज २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

यस्तै मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको पनि जनाएको छ ।