२८ भदौ २०८३, आइतबार 1789329830
समाचार

लडेर एक जनाको मृत्यु

डोल्पा : डोल्पामा लडेर एक जनाको मृत्यु भएको छ। 

दुनै सदरमुकामदेखि नजिकै रहेको तिप्ला गाउँमा गएराति करिब साढे ८ बजे भिरालो बाटोबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीले जानकारी दिए।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ स्थायी घर भई डोल्पाको सदरमुकाममा बस्दै आएका २८ वर्षीय काबिर अन्सारीको मृत्यु भएको बुढाथोकीले बताए। अन्सारी दुनै र आसपासका गाउँघरमा सिकर्मीको काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।