मध्य सोमालियामा ७६ जना अल-शबाब लडाकु मारिएका छन् । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली राष्ट्रिय सेनाले मध्य सोमालियाको मुदुग क्षेत्रमा दुई दिनको अपरेशन पछि ७६ जना अल-शबाब लडाकूहरूलाई मारेको छ भने थुप्रै घाइते बनाएको छ । एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल-कायदासँग सम्बन्धित आतङ्ककारी समूह विरुद्धको सैन्य कारबाहीमा मारिएका अल-शबाबका वरिष्ठ कमाण्डरहरू पनि रहेको बताउनु भएको छ। सैन्य आक्रमणले अल-शबाब अड्डाहरू र सवारी साधनहरू ध्वस्त पारेको छ भने सेनाले मध्य र दक्षिणी सोमालियामा लडाकुहरूलाई उनीहरूको गढबाट परास्त गर्न अगाडि बढिरहेको छ। सरकारविरुद्ध लडिरहेको अल-शबाब चरमपन्थी समूहले मध्य सोमालियामा स्थानीय मिलिशियाले समर्थन गरेको सरकारी सेनाबाट ठूलो दबाब र आक्रमणको सामना गरिरहेको छ। चरमपन्थी समूहलाई सन् २०११ मा मोगादिसुबाट परास्त गरिएको थियो तर यसले छिटफुट आक्रमण भने जारी राखेको छ । रासस-सिन्ह्वा