काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् ।
बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह हेटौंडा नगएको जानकारी दिए । बालेनको सचिवालयका अनुसार महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न नगएका हुन् ।
राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता छन् ।