१५ कार्तिक २०८३, आइतबार 6:33 pm
समाचार

कार्तिक १६ गते पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग कार्तिक १६ गते तीन घण्टा बन्द हुने भएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले तीन घण्टा पूर्ण रूपमा राजमार्ग बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

हान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने सूचनामा उल्लेख छ ।