२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 8:02 am
Banner

सरकारले राख्यो २२ वटा कम्पनीलाई कालोसूचीमा

सूचना प्रेस २०८० माघ १५ सोमबार ००:००, ०८:०९ बजे १ मिनेट पढाइ

काठमाडौँ– सरकारले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुनेगरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको छ । 

चार वटा कम्पनीलाई तीन वर्ष, एउटालाई साढे दुई वर्ष, चार वटालाई दुई वर्ष, पाँच वटालाई डेढ वर्ष र बाँकी आठ वटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । 

कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।