१ जेष्ठ २०८३, शुक्रबार 1778836824
Banner

पाटन उच्च अदालतका न्यायधीश मातृकाप्रसाद मरासिनीको निधन

काठमाडों । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ।

मंगलबार बिहान हृदयघातबाट उनको निधन भएको पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। उनका अनुसार हृदयघात भएपछि न्यायाधीश मरासेनीलाई बिहान साढे ८ बजे कलंकीस्थित नेसनल अस्पतालमा पुर्‍याइएको थियो।

उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता भट्टराईले बताए।

५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।