२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 5:11 pm
Banner

बाँदर नियन्त्रणका लागि रुख काट्ने वडाको अभियान, महानगरद्धारा रोक  

सूचना प्रेस २०८० माघ १६ मंगलबार ००:००, १२:११ बजे १ मिनेट पढाइ

काठमाडौँ–पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान चलाएको छ ।  

वडा कार्यालयले हिजो सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न भनेको हो । 

सूचनामा भनिएको छ, ‘प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा १० दिनभित्र मेरो रुख म काट्छु’ अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको लागि यो सूचना प्रकाशित गरिन्छ ।’