२८ भदौ २०८३, आइतबार 1789332990
Banner

नापी कार्यालयका कर्मचारी चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ– नापी कार्यालय सर्लाहीका कर्मचारी सवार भारतीय बोलेरो गाडी ट्रयाक्टरसँग ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । सोमबार साँझ बीआर ०६ पिडी ९६४८ नम्बरको जिप (बोलेरो) मलंगवा–नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज१ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो । 

दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते हुनुभएको थियो । दुर्घटनामा घाइते हुनुभएका सर्लाहीको बागमती नगरपालिका–५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको छ ।  उहाँको वीरगञ्ज नजिक रहेको एनएस न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप (बोलेरो) का चालक मलंगवा-३ का रामलाल साह पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते हुनुभएको छ ।