४ आश्विन २०८३, आइतबार 1789945006
Banner

अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ३० जनालाई प्रहरीले गर्‍यो उद्धार

काठमाडौँ । भारतीय गिरोहको एक समूहले अमेरिका लैजाने लोभमा काठमाडौँ ल्याएर भारतीय नागरिकलाई बन्धक बनाएको भेटिएको छ।

उनीहरूले काठमाडौँको रातोपुलस्थित एक घर भाडामा लिएर ती भारतीयलाई बन्धक बनाएका पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उक्त सूचनाका आधारमा अपरेशन चलाउँदा ११ जना भारतीयको उद्धार गरिएको छ। गिरोहमा संलग्न रहेका ७ जनालाई पनि पक्राउ गरिएको परिसरका प्रमुख, एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

उनका अनुसार उनीहरूले गिरोहलाई लाखौँ रकम बुझाएका पाइएको छ। अहिले पनि अपरेशन जारी रहेकाले विस्तृत विवरण लिन बाँकी रहेको पनि उनले बताए।उनीहरूले नेपाललाई ट्रान्जिट बनाएर नागरिकलाई अमेरिका लैजान खोजेको बुझिएको छ। बिचौलियाहरूले उनीहरूलाई घरभित्रै थुनेर यातनासमेत दिने गरेको पाइएको प्रहरीको भनाइ छ ।

आफूहरूलाई कुटपिट गर्दै आफन्तहरूसँग ‘हामी अमेरिका पुगिसक्यौं’ भन्न लगाएको पीडितहरूले बताएको प्रहरीले जनाएको छ ।