काठमाडौँ-नेकपा एमालेले गुह्येश्वरी-धाप ड्याम यात्रा गर्ने भएको छ। सो पार्टीले शनिवार गुह्येश्वरीदेखि धापसम्म यात्रा गर्ने भएको हो।

यात्रामा एमाले अध्यक्ष केपी ओली समेत सहभागी हुने एमाले काठमाडौँ जिल्ला कमिटीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
आयोजकका अनुसार यात्रा बिहान ९ बजे पशुपति गुह्येश्वरीबाट सुरू हुनेछ ।