८ मंसिर २०८१, शनिबार 1732385489
Banner

रौतहटको इशनाथ नगरपालिकामा कर्फ्युको दायरा बढाईयो

​​​​​​​रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा स्थानिय प्रशासनले कर्फ्यू दायरा बढाएको छ।

ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

 सरस्वतिको मुर्ति सेलाउन लैजाने समुहमाथि  शनिबार  घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाईते भएका थिए।

झडपमा मुस्लिम तर्फ पनि घाईते भएको तर घाईतेको संख्या यकीन हुन नसकेको प्रहरीले बताएको थियो। घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए।

स्थिति नियन्तरणमा लिन सिडियो हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सनिवार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए।कर्फ्यू अवधिमै उच्चश्रृंखला गतिबिधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ।

कर्फ्यू जारी संगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ती परिचालन गरिएको छ। अवस्था सामान्य पनि भएको थियो।

यसैबीच कर्फ्युकै अवधिमा आज आइतबार आज केही उच्चश्रृंखल युवाहरुको समुहले ईशनाथ नगरपालिका  औरैया गाउँमा रहेको मस्दिज को माथि गुम्बद बाट माईक (हरन ) खोलेको छ। यसरी मस्जिदको माथी रहेको माईक खोल्दा पुनः अवस्था तनावग्रस्त हुनसक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भईरहेको बताएकी छन्।