१० भदौ २०८३, बुधबार 1787751530
समाचार

‘डीएसपी हुँ’ भन्दै थर्काउने व्यक्ति पक्राउ

काठमाडौं-सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन्।

काठमाडौँ प्रहरी परिसरको टोलीले काठमाडौँ महानगरपालिका-४ चुनदेवीका ५२ वर्षीय प्रविण श्रेष्ठ पक्राउ परेका हुन्। 

उनले ‘म डीएसपी हुँ, नागरिकता छ?’ भन्दै मान्छे थर्काउँदै हिँडेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनी प्रहरी अधिकारी नभएको प्रहरीले जनाएको छ।

उनले एकजना सवारी चालकलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उनलाई नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।