२८ भदौ २०८३, आइतबार 1789335395
Banner

बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु, ३७ जनाको उद्धार

काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ। ३७ जनाको उद्धार गरिएको छ।

लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर गजुरी गाउँपालिका -५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले जानकारी दिए।

मृतक पाँचैजनाको पहिचान खुलेको छैन। उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बसमा अनुमानित ५० जना रहेको एसपी केसीले जानकारी दिए। बसका चालक घाइते छन्। गजुरी सामुदायिक अस्पतालमा उनको उपचार भइरहेको छ।