२८ भदौ २०८३, आइतबार 1789336288
Banner

बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं : धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन्। ३७ जनाको उद्धार गरिएको छ।

कपिलवस्तुबाट काठमाडौं आउँदै लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर गजुरी गाउँपालिका-५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीले जानकारी दिए।

मृतक पाँचैजनाको पहिचान खुलेको छैन। उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बसका चालक घाइते छन्। गजुरी सामुदायिक अस्पतालमा उनको उपचार भइरहेको छ।