२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:03 pm
Banner

राष्ट्रिय सभाको बैठक बस्र्दै, अध्यक्षको निर्वाचनका लागि मिति र समय तोकिने

सूचना प्रेस २०८० फाल्गुन २७ आइतबार ००:००, ०७:१३ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ। बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिनेछ।

यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुन गते नै सकिएको छ राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भएको थियो ।