७ मंसिर २०८१, शुक्रबार 1732275024
Banner

माओवादीलाई भोट दिन माधव नेपाल तयार

काठमाडौँ । लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएको एकीकृत समाजवादीको माग पूरा भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

मल्लका अनुसार यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेका छन् । यस्तै राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा मतदान गर्न आ–आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

‘खासगरी राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको विषयमा शीर्ष नेताहरूको बैठक बसेको हो । यसअघि चार दलबिच ८ बुँदेमा हस्ताक्षर भएको थियो । अब पाँच दल भएको छ । सहमतिमा हस्ताक्षर भएको छ ।

सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलमा पार्टीलाई जानकारी नदिई मन्त्रीको नाम दिएकोमा नेपालको चर्को विरोध भएको थियो । लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सांसदहरूले अडान लिएका थिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन केही बेरमा सुरु हुँदैछ। उम्मेदवार दाहाललाई ओलीकै छेउमा राखेर गठबन्धन दलमा ओलीले मत दिन ह्विप जारी गर्नुभएको छ ।

अध्यक्षमा दाहालसँग कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्। तर, गठबन्धनसँग सुविधाजनक बहुमत भएकाले जित निश्चित छ।

राष्ट्रियसभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन्। भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ।