९ मंसिर २०८१, आइतबार 1732488114
Banner

जीप दुर्घटना अपडेट: यी हुन् आठ मृतक र नाै घाइते (नामावलीसहित)

धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जीप उदयपुरकाे बेलका नगरपालिका-७ मैनामैनीस्थित चुहारमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। 

धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।

६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै र उपचारको क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ९ जना घाइते भएका छन्। मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । उनीहरूलाई उपचारका लागि धरान लगिएको छ।

ज्यान गुमाउनेहरू
१ मनबहादुर बस्नेत (चालक) : हतुवागढी-२, भोजपुर
२ चन्द्रप्रकाश राई  : हतुवागढी-२, भोजपुर
३ दिशान राई  : हतुवागढी-२, भोजपुर
४ पदमबहादुर थापा  : बराहक्षेत्र-३ सुनसरी
५ किसन राई  : हतुवागढी-५, भोजपुर
६ पर्वतमाया राई : हतुवागढी-५, भोजपुर
७ रामकुमारी राई : हतुवागढी-२, भोजपुर 
८ कमला अधिकारी : इटहरी उपमहानगर, सुनसरी

घाइतेहरू
१ विशेष पराजुली
२ सावित्रा राई
३ मिनु राई
४ शान्ति राई
५ सविना परियार
६ गायत्री कटुवाल (रमा)
७ सुशील परियार
८ कलसुङ राई
९ निकिता कटुवाल