२८ भदौ २०८३, आइतबार 1789305909
Banner

संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं : संसद्का दुवै सदनको बैठक शुक्रबार बस्दैछ। 

प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभा बैठक बिहान सवा ११ बस्नेछ।  

बैठकमा प्रतिनिधिसभाबाट उत्पति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ। 

यस्तै गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।