१४ श्रावण २०८३, बिहिबार 1785452210
Banner

फागु पर्व विधिवत रुपमा सुरु, वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौँ । यस वर्षको फागु (होली) पर्व सुरु भएको छ । वसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइसँगै पर्व सुरु भएको हो । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

तस्विर गोप

होलिकाको दहन र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत् सुरु भएको हो । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भीष्म भइन् ।

आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।