१५ श्रावण २०८३, शुक्रबार 1785481997
Banner

महरालाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौँ । सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

उनलाई म्याद थपका लागि सिआइबीले सरकारी वकिल कार्यालयमा लगेको हो । उनलाई आजै कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। सोही अनुसार सक्रियता बढाएको प्रहरीले आज उनलाई पक्राउ गरेको हो।

२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर ९ किलो सुन ल्याएका थिए।

७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो। तत्कालिन अवस्थामा सिआइबीले उनीविरुद्ध मुद्दा नचलाई कागज गराएर छाडेको थियो।