२८ भदौ २०८३, आइतबार 1789288648
Banner

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं-काठमाडौं जिल्ला अदालतले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको छ।

 न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उहाँलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो। 

आज बिहान रुपन्देहीबाट पक्राउ परेका पूर्व सभामुखसमेत रहेका महरालाई सोमबार काठमाडौँ ल्याउन ल्याएर म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि सोमबार प्रहरीले पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको थियो।