२५ आश्विन २०८३, आइतबार 1:13 am
Banner

देउवाले देशको मात्र होइन, डडेलधुराको विकासका लागि केही गरेनन्: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले देशको मात्र होइन डडेलधुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताउनु भएको छ।

एमाले डडेलधुराको नवौँ जिल्ला अधिवेशनको सोमबार पर्शुराममा उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवाले देखाउन लायक कुनै काम गर्न नसक्नु भएको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले देउवाजीलाई सोधेको थिएँ पाँच-पाँच पटक प्रधानमन्त्री हुनु भयो देशको लागि के गर्नु भयो भन्दा उहाँले भन्न सक्नु भएन।’

उहाँले आफूले प्रधानमन्त्री हुँदा देशको विकास र समृद्धिमा अनेकौँ काम गरेको बताउनु भयो ।