२६ जेष्ठ २०८३, मंगलबार 1781069205
Banner

देश बनाउने संकल्प एमालेले मात्र बोकेको छ: अध्यक्ष ओली

काठमाडाैं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले देश बनाउने संकल्प बाेकेर हिँडेकाे पार्टी भएकाे बताउनुभएकाे छ। 

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई बुधबार काठमाडाैंमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले देश बदल्ने उद्देश्यसाथ हिँडेकाे एमाले अवसर छाेपिहाल्ने पार्टी नभएकाे स्पष्ट पार्नुभयो।

माेहन बिक्रम सिंहकाे उदाहरण दिँदै उहाँले निराश भएपछि, हताेत्साही भएपछि, अब भविष्य छैन भनेपछि मानिस कहाँबाट के टिप्न पाइन्छ त्यति भएपनि टिपाैं भन्ने स्थितिमा पुग्ने भन्दै एमाले अवसर छाेपेर यत्ति टिपाैं भन्ने पार्टी नभएकाे प्रष्ट पार्नुभयाे।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘नेकपा एमाले यताबाट यति टिपाैं भन्ने खालकाे, अवसर छाेपेर यति टिपाैं भन्ने खालकाे पार्टी हाेइन, याे देश बदल्ने उद्देश्यसाथ हिँडेकाे, महान् उद्देश्य बाेकेर हिँडेकाे पार्टी हाे । त्यसकारण यसले अवसर छाेपिहालाैं, यति लिइहालाैं भन्ने साेच भएकाे पार्टी हाेइन, याे देश बनाउने संकल्प बाेकेर हिँडेकाे पार्टी हाे । त्यसकारण यसले त्यस उद्देश्यलाई सफल पार्ने काम गर्छ ।’

काेही पनि एकैपटक ठूलाे व्यवसायी र उद्याेगी नबनेकाे भन्दै उहाँले उद्यमशिलतामा लाग्न नेता-कार्यकर्तालाई सुझाउनुभयाे । अध्यक्ष ‌ओलीले उत्पादनका क्षेत्रमा, जीवन निर्वाहका क्षेत्रमा, स्वास्थ्य चेतना, शिक्षा चेतना, उत्पादन चेतना सबै चेतनाकाे अभियन्ता र नायकत्व एमालेले लिनुपर्ने बताउनुभयाे । यसकाे तयारीका लागि तयार हुन नसक्नेलाई तालिम लिन समेत उहाँले सुझाउनुभयाे ।