काठमाडौँ– नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ ।
बाँसबारी जग्गा प्रकरणमा उहाँसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिनुभएको हो ।
बयान दिएर निस्किएका चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ भएको प्रतिक्रिया दिनुभएको छ । स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने उहाँको भनाइ छ ।
उहाँले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको बताउनुभयो । जिम्मेवार राजनीतिकर्मी भएकाले आफू बयानका लागि उपस्थित भएको उहाँले बताउनुभयो ।
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरीको संलग्नता रहेको आशङ्का गरिएको छ ।