२७ भदौ २०८३, शनिबार 1789241363
Banner

इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं-नेकपा एमालेले इलाम क्षेत्र-२ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

आइतबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले इलाम २ मा सुहाङलाई उठाउने निर्णय गरेको हो। 

२०७९ मंसिरको निर्वाचनमा विजयी एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते राति हृदयाघातबाट निधन भएपछि उक्त क्षेत्र रिक्त थियो। सुवास नेम्वाङको निधनपछि रिक्त उक्त क्षेत्रमा एमालेले उहाँका कान्छा पुत्र सुहाङलाई उठाउने निर्णय गरेको हो।

सुहाङ पेशाले कानून व्यवसायी हुन्। उहाँ फुटबल क्लब पनि चलाउँछन्। सुहाङ इलाममा सामाजिक काममा पनि सक्रिय छन्।