६ मंसिर २०८१, बिहिबार 1732246443
Banner

तालमेल र गठबन्धनलाई एउटै तराजुमा जोख्न मिल्दैन

आसन्न स्थानीय तहको निर्वाचनका सम्मुख भएका चुनावी तालमेल चर्चाको अहिले शिखरमा रहेको देखिन्छ । यसमा नेकपा एमालेले स्थानीय स्तरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा समूह ) र नेपाल परिवार दलका बीच निर्वाचनमा एकअर्कालाई सघाउने चुनावी तालमेल गरेपछि राजनीतिक तरङ्ग उत्पन्न भएको छ । हिजोका दिनसम्म एक्लै चुनाव लड्ने एमाले अहिले तालमेलमा संलग्न भएको हुँदा समाचार तीव्र बनेको छ । तर एमाले पार्टीका अनुसार स्थानीय स्तरमा तालमेल हुनसक्ने कुरा पहिले नै उल्लेख गरिएको तर राष्ट्रिय स्तरमा भने तालमेल नगर्ने पहिले नै पार्टीको निर्णित विषय हो । तर केही राजनीतिक विश्लेषकहरुबाट एमालेले गरेको तालमेल ठीक र अरुपक्षले गरेको तालमेल बेठीक कसरी हुन्छ भन्ने प्रश्न खडा गरेका छन् ।

नेकपा एमाले र अझ ओली सरकारका विरुद्ध नेपाली काङ्ग्रेस,माओवादी र एकीकृत समाजवादी लगायतको गठबन्धन सरकार नै आपसी तालमेलमा बनेको हो र यसले आगामी निर्वाचनमा एक आपसलाई सघाउने र एमालेलाई कमजोर पार्ने नियतका साथ सक्रिय रहेको देखिन्छ । यता नेकपा एमालेले पनि स्थानीय स्तरमा राप्रपा र नेपाल परिवार दलसित यही चैत्र ३० गते पाँच बुँदे सहमति गरेको छ ।
१ उपमहानगर पालिका ५ वटा स्थानीय तहमा राप्रपाले जित हासिल गरेको छ भने उक्त सबै स्थानीय तहका जनप्रतिनिधि विभाजित राप्रपाको कमल थापा समूहसित नै आवद्ध रहेको बताइन्छ । यस्तो अवस्थामा एमालेले राप्रपासित स्थानीय तहमा तालमेल गरेको देखिन्छ ।

यस खालका चुनावी तालमेल वा गठबन्धन एमालेले पनि पहिले पनि गरेको थियो । विगतमा हृदयेश त्रिपाठी समूह र राप्रपा सित पनि गरकै थियो तर चुनाव चिन्ह फरक पर्दा धेरै मतपत्र बदर भएकाले यसपालि राप्रपाले सूर्य चिन्हबाट स्थानीय निर्वाचनमा सहभागी हुने बताएको छ । बैशाख १ गते एक अन्तर्वार्तामा राप्रपा अध्यक्ष कमल थापाले तालमेलको औचित्य, सान्दर्भिकता र वर्तमान यथार्थता बारे बेलिबिस्तार लगाए । उनले एमालेले यस खालको तालमेल गर्ने कुरामा देखाएको उदारताको प्रंशंसा पनि गरे । हुन पनि अमृत रोपेको ठाउँमा बिस फल्दैन भनझैँ दाहाल र नेपाल जस्ता आत्मघाती तत्वसित उक्र आहान लागु नभए पनि संसारमा सबै बैगुनी हुँदैनन् । कमल थापाले मत बदर नहोस् भनेर सूर्य चिन्ह लिएको र यसमा पनि निर्वाचन नियमावली अनुसार फरक फरक पार्टीले पनि एउटै चुनाव चिन्हबाट उम्मेद्वार दिन सक्ने तर पछि फेरि आआफ्नै पार्टीको नीति, विधि र पद्धति अनुसार पार्टीगत क्रियाकलाप गर्न सक्ने निमावली रहेको हँदा सहज भएको बताए ।

सबै तालमेल र गठबन्धनलाई एउटै तराजुमा जोख्न मिल्दैन । साथी र सहयात्रीहरुको सुदुर गन्तव्य एउटै नभए पनि खास गन्तव्य सम्म पुग्न सहयात्रा गर्न सकिन्छ । राजनीतिक सिद्धान्त र नीति एउटै नभए पनि तत्कालका देशका संगीन विषयको समाधारमा एकताबद्ध हुने अवस्था उत्पन्न हुन्छ ।

जननेता मदन भण्डारीले भनेझैँ देश र जनता प्रतिको मायाँ गर्ने अधिकार ठेक्का कुनै अमुक पार्टीलाई मात्र हुँदैन । वास्तविक मायाँ गर्ने पार्टी हो र हुन् भने यसमा कुनै पनि खालको अन्यथा सोच्न हुँदैन तर यस कुरालाई व्यवहारबाट पुष्टि गर्नु चाहिँ पर्छ । त्यसैले चुनावी तालमेल वा गठबन्धन हेर्नाको हुन्छ । देश र जनता विरुद्धका शक्तिलाई एक्ल्याउन सम्भव सबै शक्ति र समूह सित खास उद्देश्यका लागि तत्काल सहकार्य गर्न सकिन्छ । जब जनविरोधी शक्तिहरु एक ढिक्का हुन्छन् त्यसका विरुद्ध सबै देश र जनताको हित चाहने शक्ति समूह र पार्टीहरु एकताबद्ध हुनु अपरिहार्य हुन्छ ।

त्यसैले चुनावी तालमेल वा गठबन्धन देश,जनता र जनजीविकाका लागि हो कि त्यसका विरुद्ध हो भन्ने कु्रा सबैभन्दा पहिले बुझ्नुपर्छ । जयसिंह धामीलाई महाकालीमा बगाएर मार्दा चुप्प लाग्ने गठबन्धन जन विरोधी हो । महाकालीमा भारतले एक तर्फी पक्की तटबन्ध बनाएर बर्खे भेलबाढी नेपालतिर फर्काउने कृत्य गर्दा मौन बस्ने गठबन्धन देशघाती हो । चुच्चे नक्सा बुच्चे पार्ने गठबन्धन राष्ट्र विरोधी हो । २४ लाख कोरोना खोप हरायो भन्ने गठबन्धन सत्ता,शक्ति र सम्पत्तिका लागि मात्र बनेको सरासर देश र जनता विरोधी चुनावी तालमेल हो । भारत अनुकूल वा कन्फर्टेबल सरकार बनाउनु नै देखादेखी नेपाल विरोधी गठबन्धन हो । त्यसैले गठबन्धन वा चुनावी तालमेल पनि हेर्नाका हुन्छन्, ठम्याउन सक्नु पर्छ ।

एमालेका सब नेता र कार्यकर्ताले गठबन्धन वा चुनावी तालमेल सम्बन्धी सत्य तथ्य र वास्तविकता जनसमक्ष उजागर गर्नुपर्छ । जनता गठबन्धन मन पराउँदैनन् भनेर सतही कुराका पछि लाग्न हुँदैन ।

ओलीले नै एक प्रसंगमा भँमराको संगतले फूलवारीमा पुगिन्छ तर झिँगाको संगतले रछ्यानमा बास हुन्छ भनेझैँ कुन उ्देश्यले कोसित किन चुनावी तालमेल वा गठबन्धन गरेको हो । यो कुरा बुझ्न र बुझाउन जरुरी छ । यस्ता कुरा समयमै बुझिएन भने ठूलो अलमलमा परिन्छ । देश र जनघाती तत्वलाई परास्त गर्न असल शक्ति र तत्वको आफैँ पनि खोजी गर्नुपर्छ । मदनलेनै कतै भन्नुभएको छ । एमाले विरुद्धको वा विपक्षको पार्टी पनि केही न केही लोकतान्त्रिक तथा देशभक्त संस्कार युक्त हुनु पर्छ वा त्यस्तो प्रतिपक्ष वा विपक्षी देशका लागि आवश्यक छ । आवश्यक परे देशघाती शक्ति र पार्टीलाई क्रमशः विस्थापित गर्न पनि देशकालागि आवश्यक पर्ने शक्ति वा पार्टीका लागि उपयुक्त वातावरण बनाइदिनु पनि पर्छ । किनभने बहुदलमा विपक्ष अपरिहार्य हुन्छ । नेपाली काङ्ग्रेसले यो सत्ता वा विपक्षमा सही भूमिका निर्वाह गर्ने विरासत् जोगाउन सक्तैन भने जनताका घरआँगनबाट त्यही पार्टीबाट वा अन्यत्रबाट अर्को शक्ति अवश्य उदय हुन्छ र हुनुपर्छ । यो प्रकृतिको नियम हो ।

प्रतिकूलताभित्र अनकूलता सिर्जना गर्ने प्रयत्न गर्नुपर्छ । घर परिवारको धन्धुकारी भाइबन्धु भन्दा एउटा असल छिमेकी संकटको सच्चा साथी हुन्छ । मित्र शक्ति भनेको आकृति,अनुहार र लवज र लिवाजले मात्र हुँदैन । वास्तविक व्यवहारबाट हुन्छ । जननेता मदन भण्डारीका अनुसार हँसिया र हथौडा झण्डाकै भरमा सबैलाई कम्युनिस्ट भनेर हतारिएर अँगालो हाल्न हुँदैन । यो कुरा त अहिले दाहाल र नेपालका आम गतिविधिबाट स्पष्ट भयो नि ? तैपनि एकाध मै हुँ भन्ने एमाले नेता एकतर्फी बाम एकताको बेसुरा गीत गाइरहेको देखिन्छन् । यसमा पहिलो आफूलाई सबै हिसावले सक्षम चुस्त दुरुस्त बनाउन लागि पर्नु पर्नेमा आफ्ना जिम्मेवारीका सबै काम छाडेर र आफ्नै पार्टी र नेतृत्वका राम्रा कामहरु केही नदेखेझैँ गरेर बतासे कुरा गर्नु सर्वथा औचित्यहीन हुन्छ । खाँटी दूध र पानी हालेको दूध परबाट हेर्दा सेतै हुन्छ । सतही नजरबाट हेरेर सही साथ र साथी छ्ुट्याउन सकिन्न । कम्युनिस्ट नामका दाहाल नेपाल भारत अनुकूल कन्फर्टेवल सरकार बनाउन ज्यान फालेर लागे । तिनले अहिले पनि आफू सच्चिने सोमत कत्ति पनि देखाएका छैनन् । अनि तिनकै एकतर्फी पक्षपोेषण गरेर बाम एकताको बेसारे गीत गाउनुको कुनै तुक छैन । बरु पार्टी महासचिव शंकर पोखरेलले भनेझैँ अब नेताबाट होइन कार्यकर्ताबाट एकता कायम गर्ने विधि अपनाउनु पर्छ । किनभने अमुक प्रमुख नेताले पार्टी वा समूह अथवा आफ्नू गुटलाई जथाभावी भजाएर नितान्त निजी स्वार्थ साधना गरे । दाहाल नेपाल अहिले पनि त्यही निकृष्ट योजनामा छन् । त्यसैले एमालेले राप्रपा र नेपाल परिवार दलसित गरेको गठबन्धन वा चुनावी तालमेल चाहिँ देश, जनता हितका खातिर गरेको हो । सुखी नेपाली समृद्ध नेपाल नारालाई सफल पार्ने नियतका साथ आबद्ध हुने जतिलाई साथसाथै लिएर एमाले अघि बढ्न चाहन्छ ।

नेपाली काँग्रेस लगायत दाहाल र नेपालको चुनावी तालमेल वा गठबन्धन सरासर देश, जनता र जनजीविका विरुद्ध रहेको प्रमाणित छ र अझै यसका अत्यन्त भद्दा दृश्य देखिँदै जाने छ । यिनै विषय चुनाव प्रचार प्रसारका क्रममा जनसमक्ष उजागर गर्नु पर्छ कवि, लेखक,गीतकार, गायक, कलाकार चित्रकार आदिले यिनै विषयमा रोचक घोचक पारामा सिर्जना गरेर आम जनसमक्ष चुनावी सिर्जनात्मक प्रचार सामग्री तयार पारी जनसमक्ष प्रवाहित गर्नुपर्छ । सत्य आफैँ स्थापित हुँदैन यसलाई स्थापित र बलशाली बनाउने कुरा हो । सही कुरा पनि भाँती पु¥याएर भन्न जानिएन भने आफैँ पछि परिन्छ । पुर्खाहरुले मुख भए मुलुक पाइन्छ त्यसै भनेका होइनन् । पार्टी अध्यक्ष ओलीको देश,जनता र जनजीविकाका खातिर अहोरात्र खटाइ र काम गराइ तथा त्यसलाई अत्यन्त मिठास पूर्वक तथ्य सहित प्रवाह गर्दा जनताको यत्रो लहर उत्पन्न भएको छ । आफ्नै पार्टी र नेताका यस्ता अत्यन्त महत्वपूर्ण विशेषता धेरैजसो नेताले ग्रहण गर्ने हो भने एमालेको सुस्पष्ट बहुमत सुनिश्चित हुनेछ । अहिले त पार्टीमा आन्तरिक अनेक खालका अन्तर्विरोध रहेका छन् । ससाना, झिना र मसिना अन्तर्विरोध हल गर्ने एउटै अचुक ओखती मैत्रीपूर्ण व्यवहार हो । नेता र कार्यकर्ता आफैँ आफैँ एक अपसमा ठुस्किने, ठस्किने, तर्किने र झर्किने र अग्रज नेतासित सामान्य शिष्टाचार पूर्वक नबोल्ने जस्ता विषयले आपसमा समस्या सिर्जना गरेको छ । एक धराने नेताले उपल्ला तहका अदरणीय नेतालाई गरेको व्यवहार यस लेखकले सुन्दा छक्क परियो । नेताले मातहतका नेता र कार्यकर्ताका कमजोरी देख्ने बित्तिकै सुधार्न र सच्याउन प्रयत्न नगर्दाको परिणाम हो । विद्यार्थी भर्ना गर्ने तर रामू्ररी नपढाए पछि त्यो विद्यार्थी अराजक हुन्छ नै । यसमा उपल्ला तहका नृेता र पार्टी नेतृत्वकै दोष देखिन्छ । आपसी मनमुटाव एक मुस्कान, स्मित हास्य, मृदु मुस्कान, मरमिजास र हार्दिकताले समाधान हुन्छ । यत्ति सरल कुरा पनि तिनलाई कसले सिकाउने हो ? ओलीले भन्नु भएझैँ मित्रलाई मित्रको आँखाले, अनुहारले, बोली वचनले, हाउभाउले र व्यवहारले गरिदिए आपसी अन्तर्विरोध तत्काल हल हुन्छ । रिसाउँदा पनि हाँसेरै रिसाए के फरक पर्छ । आफ्नै गुरुसित नमस्ते खोज्ने, जहिले तहिले गजक्क पर्ने, स्थानीय तहको जन प्रतिनिधि हुने बित्तिकै मैमत्ता हुने, हेर्दा र बोल्दा बिझाउने बानी बेहोरा कतिपयले कहाँबाट सिके होलान् ? यो भने यस लेखकलाई पनि अचम्म लाग्छ ।