२७ भदौ २०८३, शनिबार 1789242772
Banner

पार्टीका सांसदहरूलाई बिना जानकारी विदेश नजान अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिनुभएको छ।

सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सांसदहरू कहीँ कतै जानु परेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिनुभएको हो।

अध्यक्ष ओलीले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने बताउनु भयो।

‘प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ। पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई नभने पनि हुन्छ’, ओलीले भन्नुभयो, ‘आफैँले गल्ती गरेपछि आफै सावधान रहनु।’

अध्यक्ष ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन सहयोग गर्न समेत आसपासका सांसदहरूलाई निर्देशन दिनुभयो।