२३ भाद्र २०८१, आइतबार 1725784429
Banner

संसद चल्न दिने नदिने टुंगो लगाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान बस्ने तय भएको कांग्रेस नेताहरूले बताएका छन् । आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसको आज बस्ने संसदीय दलको बैठक यसै विषयमा केन्द्रित हुनेछ ।

सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै आएको कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गर्ने चेतावनी दिँदै आएको छ । यसै विषयमा आजको बैठकले निर्णय गर्नेछ ।

आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ ।