१२ श्रावण २०८१, शनिबार 1722091437
कृषि

कुँडो खाँदा २१ वटा बाख्रा मरे

मकवानपुर- मकवानपुरको थाहा नगरपालिकाको वडा न ४ रुप्से, थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्रा मरेका छन् ।

मंगलबार चरेर आएपछि बाख्राले आँगनमा राखेको कुँडो खाएका थिए । कुँडो खाएपछि बाख्रा एकाएक ढल्न थालेको स्थानीय अमृत थिङले बताउनुभयो । अमृत थिङका १७ वटा र छिमेकी दुधमाया थिङले पाल्नुभएको ४ वटा बाख्रा मरेका छन् ।

अमृत थिङका ८ वटा गर्भवती माउ बाख्रो सहित ३ वटा खसी, २ वटा बोका र ४ वटा पाठापाठी मरेका छन् भने छिमेकी दुधमाया थिङको माउ बाख्रा २ वटा र पाठापाठी २ मरेका छन् ।