२ कार्तिक २०८१, शुक्रबार 1729245586
Banner

चाबहिलमा पुरुषले लगाए आफु श्रीमती र ३ छोरीलाई आगो

काठमाडौं । चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए । मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराही पुर्‍याएको थियो । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीको भनाइ छ ।