१२ श्रावण २०८१, शनिबार 1722090871
Banner

भाारतीय प्रधानमन्त्री मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् ।

मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११:३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।

मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । बहुमत जुटाउनका लागि एनडीए गठबन्धनका सांसदहरूबाट हस्ताक्षर संकलन गरिएको छ । जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदमा एनडीए गठबन्धनमा रहेका सबै सांसदहरूको बैठक हुने बताए ।

लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ ।