२८ भदौ २०८३, आइतबार 1789340539
Banner

आठ देशमा राजदूत सिफारिस, को को बने राजदूत ?

काठमाडौं-सरकारले रिक्त रहेका ८ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। सरकारले हालै ११ देशका लागि नेपाली राजदूतलाई फिर्ता गरेको थियो। तीमध्ये आठ देशका लागि राजदूत सिफारिस गरिएको हो।

सरकारले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेल पठाउने भएको छ।

यस्तै सुम्निमा तुलाधर डेनमार्क, डा विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।

सत्ता गठबन्धनका मुख्य दलहरूबीच भागवण्डाका आधारमा राजदूत सिफारिस गरिएको हो। मन्त्रिपरिषद्ले गरेको सिफारिस विशेष संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले उहाँहरूलाई राजदूत नियुक्त गर्नेछन्।