३१ भाद्र २०८१, सोमबार 1726536073
Banner

पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका तीनजनाको मृत्यु, दुई जना बेपत्ता

गुल्मी । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् । जिल्लाबाट प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको चौधरीले बताउनुभयो ।