१८ असार २०८३, बिहिबार 1783041513
Banner

प्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि मिसिए


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एक घण्टा छलफल भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीचको छलफ जारी छ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ । देउवाले शनिबार ओलीसँग भेटेर सहकार्यको प्रस्ताव अघि सारेका छन् । देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेपछि अत्तालिएका प्रचण्डले बिहानै फोन गरेर भेट्ने प्रस्ताव राखेका थिए ।