१६ जेष्ठ २०८३, शनिबार 1780162138
Banner

ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । बचतकर्ताको अर्बौँ रूपैयाँ अपचलन गरेको आरोपमा ललितपुरको लालिगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्षसहित चार जना पक्राउ परेका छन् । 

अध्यक्ष अमरदास श्रेष्ठ र कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यसअघि शुक्रबार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका थिए ।प्रहरीले संस्थाका सदस्य कदमबाबा जोशी प्रधानलाई समेत पक्राउ गरेको छ । 

 पक्राउ परेको सबैलाई आइतबार उपत्यका अपराधा अनुसनधान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि सार्बजनिक गरेको छ। 

ललितपुर मनपा वडा नं ३ पुल्चोकमा लाली गुँरास सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाईन्छ भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पु(याई बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी  गरेकोमा उनीहरुलाई पक्राउ गरि कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानु राम भट्टराईले जानकारी दिनुभयो ।